पौष ६, काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट बच्न आफ्ना केही छुट्टीका योजना रद्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।संगठनका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले एक सन्देश जारी गर्दै जनस्वास्थ्यको रक्षाका लागि क्रिसमस र नयाँ वर्षलक्षित योजना रद्द गर्न अनुरोध गरेका हुन् ।

सन्देशमा डा। गेहब्रेयससले भनेका छन्, “जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो । ओमिक्रोन डेल्टा भेरियन्टभन्दा निकै तीव्र गतिमा फैलिरहेको तथ्य प्राप्त भएको छ ।”