• २०८३ जेष्ठ १९ गते मङ्गलवार

अब त फासि दे सरकार ! पीडितले कति अन्याय सहनु

खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : २ मिनेट

कैलालीमा दिनानु दिन हत्या भएको घटना सुनिन्छ र देखिन्छ पिडितका गहभरि आशु हुन्छन नारा लगाउदै कोहि स्थानिय सरकार घचघच्याउछन त कोहि अदालतको ढोका ढकढक्याउछन एउटाको आखाको आशु पुछ्न न पाउदै फेरि कैलालीको जानकि गाउपालिकाका एक युवकको घाटि रेटि हत्या गरियो।

फेरि एक नारिको आशु खस्यो सिउँदो पुछियो आमा बुवाको साहारा लुटियो अर्जुन दासको बिभत्स हत्याले यो क्षेत्र असुरक्षित मात्र होइन अपराधाहरूको क्रिडास्थल बन्न थालेको छ, चक्कु हानेर मान्छे मार्नु कैलालीको लम्कि टिकापुर चिसापानी र जानकि गाउँपालिका जस्ता क्षेत्रमा सामान्य जस्तै बनेको छ।

भुपेन्द्र बडुवालका परिवारका आशु न पछुदै जानकि गाउँपालिकाका नौ का अर्जुन दासका परिवारमा बज्रपात पर्यो अर्जुन एक सामान्य परिवारका मानिस हुन कामको सिलसिलामा बाहिर गएका अर्जुन घर न फर्किए पछि खोजतलास सुरू गरिएको थियो।

स्थानियहरूले हत्याराहरुलाई कडा कार्बाही र सुरक्षा व्यवस्था कडा बनाइनु पर्ने माग गर्दै आइरहेका छन प्रहरि संग प्रमाण हुदाहुदै पनि हत्यारालाई पक्राउ न गरेको भन्दै आफ्न्त आक्रोसित बन्दै गैरहेको छन।

अर्जुन दासको हत्यारालाई फासि देु मानबले बाच्न पाउनु पर्छ भन्दै बिभिन्न नारा लगाइरहेका थिए एउटि नारिको सिन्दुर पुछियो आमाको काख रित्तियो र सरकार भने रमिते बन्दै गैरहेको छ न त अहिले सम्म कोहि हत्यारालाई कार्वाहि नै गर्न सकेको छ।

अमरावतीका अर्जुन दास भारतमा रोजगारीका लागि आवत जावत गर्दथे सामान्य परिवारका उनलाई किन एसरि हत्या गरियो त सबैको मनमा प्रश्न उब्जिएको छ, हत्यापछि एक अडियो बाहारिएको छ अडियो बाहिरिदा समेत हत्यारा फेला न परेको भन्दै स्थानिय आक्रोसित बन्दै गैरहेका छन।

हिजो भुपेन्द्र बहुवालको हत्या भयो आज अर्जुन दासको भोलि हाम्रो पनि भन्न सकिन्न कैलालीमा हत्याका मुख्य एजेण्डा तयार गरिने ठाउँ भनेर समेत भन्न बेर छैन यो त अति नै भयो सरकार ूपिडितको आँखाको आँशुको मुल्यांकन गर पिडकलाई फासिको सजाय देू आज सत्ताको पावरमा बसेका नेता ज्यु जनताको लागि नि केहि गररु आजको परिवेशमा अपराधिले सजाय न पाए पस्चात जनताले सरकारलाई समेत बिभिन्न उपनाम दिने छन।

Sharing

प्रतिक्रिया दिनुहोस