• २०८३ बैशाख ७ गते सोमवार

काङ्ग्रेस महाधिवेशन : प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ६, काठमाडाैं । नेपाली काङ्ग्रेसको प्रदेशअन्तर्गतका केन्द्रीय सदस्यको मतगणना आज (मङ्गलबार) हुँदैछ । हरेक प्रदेशबाट एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणनमा आज केहीबेरपछि प्रदेशतर्फको गणना हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ मा निर्वाचन भएको थियो ।

अहिलेसम्म पदाधिकारीसहित खुला तथा महिला केन्द्रीय सदस्यको मतगणना सकिएको छ । समावेशी समूहतर्फ पनि केहीको मतगणना सकेर विजेता घोषित भइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस