• २०८३ असार १३ गते शनिवार

एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा (दस्ताबेजसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महाधिवेशनमा औपचारिकरुपमा नेतृत्वका लागि दाबी गर्ने रावल पहिलो नेता हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’ रावलले आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गर्नुभएको छ ।

रावलले आफूले अध्यक्षमा उम्मेदवारी घोषणा पार्टी मुख्यालय थापाथलीबाट नै गर्न महासचिवलाई खबर गरेको भए पनि अहिले महाधिवेशनको तयारी चलिरहेकोले ठाउँ अभावका कारण रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरेको जाकारी दिनुभयो ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/11/My-Candidacy-Rational-10th-Congress-78-8-1.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस