मंसिर ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ३८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १९ हजार १९ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ६७ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ३ सय ५९ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ ।