• २०८३ जेष्ठ ३१ गते आइतवार

काङ्ग्रेस प्युठानको नेतृत्वमा पुराना नेताको सहयोग गिरिलाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५, प्युठान । नेपाली काङ्ग्रेस प्युठान मङ्सिर ६ गते हुने जिल्ला अधिबेशनमा काङ्ग्रेस प्युठानका पुराना नेताको सहयोग बिष्णु गिरिलाई हुने देखिएको छ । गिरिले नेपाल बिध्यार्थि सङ्ग प्युठानको अध्यक्ष , नेपाली काङ्ग्रेस क्षत्रिय सभापति , जिल्ला सचिब र हाल गौमुखी गाउपालिकाको कुसल नेतृत्व गरिसकेका छन ।

कुसल सङ्गठन गर्ने क्षमता , आमकार्यकर्ता बिच लोकपृय रहने क्षमताका कारण जिल्लाका पुराना नेता मुक्ति प्रसाद शर्मा , पुर्ब सभापति शुभाष केसि , पुर्ब उपसभापति ईश्वरि रेग्मी , लगाएतमा नेताहरुले गिरिलाई सहयोग गर्ने बताएका छन ।

कम्युनिस्टको किल्ला भनेर चिनिने प्युठान आगामि आम निर्वाचनमा काङ्ग्रेसको पोल्टामा ल्याउन काङ्ग्रेस को कुसल नेतृत्व आबश्यक रहेको काङ्ग्रेस स्वर्गद्वारी नगरपालिका सभापति गिरबहादुर घर्तिले बताएका छन ।

जिल्लामा चुनावि चहलपहल चलिरहदा प्युठानका अग्रज नेताहरु गिरिको पक्षमा खुलेर लागेका छन भने गाउगाउबाट आउने प्रतिनिधिले गिरिको पक्षमा खुलेर लागेको प्रतिनिधि जोगिद्र मल्लले बताएका छन । बिकासको नमुना गिरिले गौमुखीबाट नमुना देखाएकोले समग्र जिल्लाको बिकासमा उहाँ सभापति जित्न पर्ने मल्लले बताएका छन ।

उम्मेदवार समेत रहेका बिष्णु गिरिले आफु नियमित रुपमा काङ्ग्रेस को राजनितीमा लागिरहेको , कार्यकर्ताको हरेक सुख दुखमा साथमा रहेकाले आफु सभापतिका लागि योग्य रहेको बताएका छन । गिरिले आफु सभापति निर्बाचित भय पाटि सामुहिक नेतृत्व का साथ काङ्ग्रेस प्युठानि जनताको पाटि बनाउने बताएका छन । प्युठानमा गिरि र शिबराज रिजाल चुनाबि प्रतिस्पर्धामा रहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस