• २०८३ बैशाख ५ गते शनिवार

१४ अंकले घट्यो नेप्से परिसूचक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ४, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । गत मंगलबार अधिकतम ७७ अंकले घटेर २५१०.७३ बिन्दुमा झरेको बजार बिहीबार थप १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा झर्न पुगेको हो ।

साताको अन्तिम कारोबार दिन समेत रहेको यसदिन म्युचुअल फण्ड बाहेकका सबैजसो उपसमूह ऋणात्मक भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । आज म्युचुअल फण्डको उपसूचक ०.४३ प्रतिशतले मात्र बृद्धि भएको छ भने अन्य समूहहरूको सूचक ऋणात्मक भएर राताम्मे नै भएको छ ।

१४ अंक माथिले घटेको बजारमा आज २ अर्ब ६३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत मंगलबार अधिकतम ७७.३३ अंकले घटेको बजारमा ३ अर्ब ७८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस