• २०८३ असार १९ गते शुक्रवार

उराँव समुदायमा दशैं नआउँदै जमरा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ५, सुनसरी  । उराँव समुदायले परम्परागत पर्व करम पूजा सोमबार हर्सोल्लासका साथ मनाएका छन् । करम पूजाको पूर्वसन्ध्यामा उनीहरूले विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेका थिए ।

कार्यक्रममा सुनसरीका उराँवहरूले शुभकामना साँटासाँट र आपसमा जमरा लगाएर करम पुजा गरेका छन् । पूजाका अवसरमा उराँव समुमदायका पुरुषहरू धोती, गम्छाको पगरी र परम्परागत पहिरन र महिलाले रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ ९गहना० ले सजिएका थिए । यस्ता कार्यक्रमले उराँवहरूको सँस्कृतिको प्रर्वद्धन, भाषाको संरक्षण र मौलिकता प्रदर्शनमा योगदान पुग्ने नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले बताए ।

विभिन्न धार्मिक तथा साँस्कृतिक कार्यक्रमका अवसरमा मनाइने करम पूजाले उराँव समुदायमा एकआपसमा भाइचारा बढाएको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए । सहभागीहरूले उराँवहरूको हक, अधिकार र पहिचानका लागि सबै क्षेत्रबाट सबै खालका सहयोग आवश्यक रहेको जोड दिएका थिए ।

उराँवहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मंच) मा परम्परागत पहिरनसहित नाचगान गर्ने, प्रवचनलगायतका कार्यक्रम गरिएको थियो । उराँव समुदायका शिक्षक सम्पतलाल उराँवका अनुसार करम पूजाको पूर्व सन्ध्यामा परम्परागत कला कौशल, गीत नृत्य प्रस्तुत गरिएको थियो ।

यस्तै, बाजागाजा, पोसाक, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री ९माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हलो० को प्रदर्शन गरिएको प्रतिष्ठानका सचिव रामलाल उराँवको भनाइ छ । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका सहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस
छुटाउनुभयो कि ?
लुम्बिनी अन्तिम खेलमा कर्णालीसँग ५ रनले पराजित मंसिर २८, काठमाण्डाै । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ । कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए । कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । लुम्बिनीका विकाश आग्रीले ३ विकेट लिए । याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ । एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।