असोज ५,काठमाडौँ । आज छापावाला सुन ३ सयले बढेर प्रतितोला ८९ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।