• २०८३ बैशाख २९ गते मङ्गलवार

मकवानपुरमा ८१ किलो गाँजासहित ट्रक र चालक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मकवानपुर, ६ असार । प्रहरीले मकवानपुरबाट गाँजासहित एउटा ट्रक र त्यसका चालकलाई पक्राउ गरेको छ।

बुधबार बिहान प्रहरीले ८१ किलो ३५० ग्राम गाँजासहित ना८ख ८२८४ नम्बरको ट्रक र चालकलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने चालकमा राक्सिराङ गाउँपालिका-४ का ४२ वर्षीय बाबुराम नेगी छन्।

मनहरी गाउँपालिका-८ सिमपानीमा रोकिराखेको उक्त ट्रकमा चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 

Sharing

प्रतिक्रिया दिनुहोस