• २०८३ बैशाख ९ गते बुधवार

त्रिभुवन विमानस्थलका प्रहरी जवान लागूऔषधसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवान लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले विशेष सूचनाको आधारमा विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत गणेश कार्कीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट दुई ग्राम ब्राउन सुगर बरामद भएको र उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस