• २०८३ बैशाख २३ गते बुधवार

पेट्रोलियम मजदूरद्वारा संघर्षमा उत्रिने चेतावनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ७, काठमाडौं । पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकहरूको लागि कोभिड विरूद्धको खोप तत्काल उपलब्ध गराउन माग गर्दै मागपत्र बुझाएको छ। अखिल नेपाल पेट्रोलियम मजदूर संघले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालयहरूमा मागपत्र बुझाएको हो।

तत्काल उपत्यकामा ७७० खोप उपलब्ध गराउन माग गरिएपनि सुनुवाइ नभएको भन्दै चेतावनी स्वरूप माग राखिएको मजदुर संघ काठमाडौंका सचिप नवराज भट्टले जानकारी दिनुभयो । माग सम्बोधन नगरिए संघर्षमा जाने चेतावनी दिदै बिरोध स्वरुप प्रत्येक पेट्रोल पम्पमा “ए सरकार ! खोप दे श्रम ले !!” लेखिएको कालो स्टिकर टाँसिएको छ।

अत्यावश्यकको नाममा मजदूरमाथि खेलवाड गरिए देशैभरका पेट्रोल पम्पहरु बन्द गरि संघर्षमा उत्रिने समेत पेट्रोलियम मजदुर संघले चेतावनी दिएको छ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस