जेष्ठ ७, मुगु । हिमाली जिल्ला मुगुमा जेठ १५ सम्म निषेधज्ञा लम्बिएको छ । पछिल्लो समय मुगुमा कोरोना संक्रमित बढेसँगै जोखिम बढ्दै गएपछि पुनः आठ दिन सम्म निषेधाज्ञा थपिएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति मुगुको बैठकले २० वैशाखको सिफारिसअनुसार १५ जेठसम्म ८ दिन सम्म निषेधाज्ञा थपिएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मुगुले थप जारी गरेको निषेधाज्ञा अवधिभर स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, तरकारी, खाद्य तथा दुग्धजन्य पदार्थ, औषधी पसललगायत सेवा भने सञ्चालन हुनेछन् ।
कोरोना संक्रमण नियन्त्रणमा नआएपछि पुनः निषेधाज्ञा थप गर्नुपरेको मुगु प्रशासनले जनाएको छ । पछिल्लो समय मुगुमा दिन प्रतिदिन कोरोना संक्रमण फेला पर्न थालेका छन् । अहिले मुगुमा १ सय ६० जना कोरानाका संक्रमित फेला परेको जिल्ला अस्पताल ठिनी मुगुका सुचना अधिकारी पशुराम नेपालीले बताए । यि मध्ये ४३ जना निको भई घर फर्केको बताए ।
कोरोनाको फैलावट रोक्न ८ दिन सम्म निषेधाज्ञा थपेका हौँ’, जिल्ला संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले भने । साथै आज निषेधज्ञा थप गरे पछि स्वयम आफै प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्राई सडकमा निस्किएका छन् । निषेधज्ञा उल्लघंन गर्ने ब्यक्तिहरु लाई सम्झाई बुझाई पठाउने गरेको बताए ।