• २०८३ बैशाख २१ गते सोमवार

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चितकालका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिनुभएको हो ।

जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो । अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा लेखिएको छ यस अघि जेठ ४ गते जानकारी गरिए अनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक कोभिड–१९ को बढ्दो महामारीका कारण अर्को सूचना नभएसम्म बैठक स्थगित गरिएको छ ।

Open Photo

Sharing

प्रतिक्रिया दिनुहोस