• २०८३ बैशाख ६ गते आइतवार

सभामुख सापकोटाद्वारा समितिका सभापतिहरुसँग छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८,काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकका विषयमा समितिका सभापतिहरुसँग छलफल गरेका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापतिहरुसँग छलफल जारी रहेको छ । हाल प्रतिनिधिसभामा ३६ वटा विधेयक विचाराधीन छन् ।

समितिमा प्राप्त भएका विधेयकको अवस्था र प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको काम–कारबाहीका बारेमा छलफल गर्नका लागि सभापतिहरुलाई बोलाइएको बताइएको छ । प्रतिनिधिसभामा १० वटा समिति छन् भने दुईवटा संयुक्त (राष्ट्रियसभा र प्रतिनिधिसभा) समिति छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस