• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानमन्त्री ओलीले मलाई सडकमा फाल्दिनुभो : अध्यक्ष प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सडकबीचमा फ्याँकिदिएको बताएका छन् । आज छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने बताएका हुन ।

उनले भने, ‘म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।’

प्रचण्डले फेरि एकपटक आफ्नो कुर्सी हटाइएको प्रसंग निकाल्दै उनले भने, ‘मैले केन्द्रीय समिति वैठक नराम्रोगरी चलाएँ भनेर केपीजी नराम्रोसँग रिसाउनुभो । अनि एकदिन त मेरो कुर्सी नै हटाइदिनुभएछ । दुईवटा अध्यक्ष एकातिर बस्ने, अनि सातजना सचिवालयका दुईपट्टि बस्ने चलन थियो । यसलाई मैले देखाइदिुन्छु‘ भनेर माधवजीसँग भन्नुभएछ । र कुर्सी हटाइदिनुभएछ ।’

‘हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं ।’

Sharing

प्रतिक्रिया दिनुहोस