• २०८३ बैशाख ९ गते बुधवार

अस्ट्रेलियाको न्यू साउथ वेल्समा बाढी, दर्जनौंको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ८, एजेन्सी । अस्ट्रेलियाको न्यू साउथ वेल्समा निरन्तर मुसलधारे वर्षा र बाढीका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । बाढीमा फसेका दर्जनौं मानिसहरूलाई उद्धार गरिएको जनाइएको छ । न्यु साउथ वेल्सको तल्लो इलाकामा बसोबास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ

बाढीको डरलाई ध्यानमा राख्दै सिड्नीका धेरै ठाउँ खाली गर्न भनिएको छ। शहरको तल्लो क्षेत्रमा बसोबास गर्ने प्रत्येक व्यक्तिलाई त्यहाँबाट जानु पर्ने प्रशासनले जनाएको छ । सयौं मानिसहरू सिड्नी शहरको उत्तरी क्षेत्रबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । केही दिनदेखिको अविरल वर्षाले सिड्नी र आसपासका बस्तीका सडक जलमग्न छन् ।

सिड्नी शहरको पानीको मुख्य स्रोत बारागम्बा बाँधमा सन् २०१६ पछि पहिलो पटक ओभरफ्लो भइरहेको छ । मौसम विभागका अनुसार सिड्नीले अर्को १२ घण्टामा १०० मिलिमिटर वर्षा गर्न सक्छ। मुसलधारे वर्षा र तीव्र बतास अर्को हप्ताको अन्त्य सम्म जारी रहने जनाइएको छ। बिहीबारसम्म बाढीबाट राहत पाउने कुनै आशा नभएको बताइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस