• २०८३ बैशाख २३ गते बुधवार

मोटरसाइकल दुर्घटनामा परेर घाइते तीन प्रहरीलाई धनगढी ल्याइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

चैत ८, कैलाली । डोटीमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका तीन जना प्रशिक्षार्थी प्रहरीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ। शनिबार म २ प ४६७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा प्रहरी तालिम केन्द्र दिपायलमा जवान पदका लागि तालिम गरिरहेका तीन जना घाइते भएका थिए।

डोटीका प्रहरी नायब उपरीक्षक इन्द्र मल्लका अनुसार घाइते हुनेमा २० वर्षिय दलबहादुर भण्डारी, २० वर्षकै लोकनिरञ्जन भट्ट र २१ वर्षिय दीपेन्द्र खड्का रहेका छन । यनिहरुलाई थप उपचारका लागि धनगढी पठाइएको हो । घाइते तीनै जनाको अवस्था गम्भीर छ।

Sharing

प्रतिक्रिया दिनुहोस