माघ ०८ मुगु । जिल्ला निर्वाचन कार्यालय मुगुले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ । आगामी वैशाख ७ र २७ गतेको लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको पूर्व तयारी स्वरूप निर्वाचन कार्यालयले जिल्लाका ४ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
निर्वाचन आयोग मुगुले विहिवार एक अन्तरक्रिया कार्यक्रममा चुनावको तयारी स्वरुप जिल्लामा छलफल , मतदाता नामावली सम्बन्धी विभिन्न काम अघि बढाएको आयोगले जनाएको छ । निर्वाचन आयोग केन्द्रीय कार्यालयको निर्देशन अनुसार निर्वाचन कार्यालय मुगुले विभिन्न राजनीतिक दल तथा अन्य सम्बन्धित क्षेत्रसँग छलफल गरेको छ । आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम ०७७ सम्बन्धी जानकारी पनि गराएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त निर्वाचन अधिकारी धनकृष्ण बढुवालका अनुसार केन्द्रको निर्देशन अनुसार सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने, प्रकाशन भएका नामावलीमा रहेका त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन ेलगायत विविध कार्यक्रम अघि बढेको बताए । प्रकाशित नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएमा एक स्थानमा मात्र कायम गर्न निर्देशन दिने, प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका वा नागरिकता रद्द भएका व्यक्तिको वितरण स्थानीय पदाधिकारी बाट प्राप्त गर्ने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिनेजस्ता कार्यतालिका सार्वजनिक गरिएको हो ।
निर्वाचन आयोग मुगुको उल्लेखित तथ्यांक अनुसार हाल मुगुमा सम्भावित मतदाता संख्या ३१ हजार ८ सय ७१ रहेको छ । यसअघि ०७४ सालमा मुगुमा मतदाता संख्या ३० हजार १५ रहेको आयोगले जानकारी दिएको छ । अन्तरक्रियाबाट निस्किने निष्कर्ष प्रतिवेदन स्वरुप केन्द्रमा पठाउने आयोग मुुगुले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटिका अनुसार नेपालमा कोरोना भाइरस (कोभिड–१९)को महामारी सुरु भएसँगै जिल्ला प्रशासनबाट मतदाता नामावलीको सबै काम रोकिएको छ । रोकिएको काम सुरु भएसँगै मुगुमा मतदाताको संख्या अझै बढ्ने अनुमान गरिएको छ । उनले भने निर्वाचनको समयमा जनतालाई आर्थिक प्रभावमा पारेर मत संकलन गर्ने वा त्यसमा संलग्न राजनीतिक दलको उम्मेदवारी नै रद्द गर्नुपर्ने, चुनावलाई निष्पक्ष र धाँदलीरहित बनाउन ठोस कदम अघि बढाउनुपर्ने बताए ।
राजनितिक दलले गर्दा बढायो मतदाता गर्ने
पछिल्लो समय जिल्ला निर्वाचन कार्यालय मुगुमा मतदाता नामवलि गर्ने संख्यामा दिन प्रतिदिन बढ्दै गएको छ । आगामि बैशाख ७ र २७ हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको पुर्व सन्ध्यामा मुगुमा मतदाता नामवलि गर्नेको संख्यामा वृद्धि भएको आयोगले जनाएको छ ।
आयोगका निमित्त निर्वाचन अधिकारी बढुवालले भने सरकारले निर्वाचनको मिति तोके पछि यहाका राजनितिक दलले नागरिक लाई अनिवार्य मतदाता नामवलि भर्नु पर्छ भनि ताकेता लगाएको बताए ।
पहिला आयोगमा कुनै पनि नागरिक आउन्थ्यानन् आज भोलि आयोगमा नागरिकको मतदाता गर्न घुईचो लाग्ने गरेको बताए । छलफलमा जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको भएता पनि राजनितिक दलका प्रतिनिधि र अन्य सरोकारवाला निकाय उल्लेखय सहभागिता नहरेको कार्यक्रमका सहभागिताले बताएकका छन् ।