• २०८३ बैशाख ८ गते मङ्गलवार

एकैदिन २१ जना फरार अभियुक्त पक्राउ

संजय कुशवाहा पढ्न लाग्ने समय : १ मिनेट

पौष ५, नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एकै दिनमा २१ जना फरार अभियुक्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

नवलपरासी जिल्ला अदालतबाट २०५७ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न  बाँकी रहेका बाली विगो मुद्धाका ३ जना, कुटपिट मुद्धाका ४ जना, लुटपिट मुद्धाका १ जना, अंशवण्डा मुद्धाका ३ जना, गाली बेईज्यती मुद्धाका ५ जना, जाल साझी मुद्धाका ३ जना, वन मुद्धाका १ जना र विविध मुद्धाका १ जना रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए । प्रहरीले फरार अभियुक्तको खोजी कार्यलाई मिसन नै बनाएर खोजी सुरु गरेको छ ।

जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट ३ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट ९ जना, बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ७ जना, प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना र सुस्ता गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना फरार अभियुक्त पक्राउ गरीएको छ । पक्राउ परेका सबैलाई जिल्ला अदालत पेश गरेर आवश्यक कारबाहीको लागि पेश गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस