पौष ५, एजेन्सी। अमेरिका, यूके र अस्ट्रेलियापछि अब क्यानडाले पनि बेजिङ विन्टर ओलम्पिकको कुटनैतिक बहिष्कार गर्ने निर्णय लिएको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले सो घोषणा गरेका छन् ।

ट्रूडोले भनेका छन्, ‘हाम्रो सरकारले सहयोगीहरू संग यसबारे चर्चा गरिरहेको छ । चीनीया सरकारद्वारा बारम्बार मानवाधिकारहरूको उल्लङ्घनले हामी अत्यन्तै चिन्तित छौं । यसलाई मध्यनजर राखेर बेइजिङमा हुन गईरहेको विन्टर ओलम्पिकमा आफ्नो राजनयिक प्रतिनिधिहरूलाई पठाउनेछैनौं ।’
यसअघि अमेरिका र अस्ट्रेलियाले ओलम्पिक गेम्सको बहिष्कार गर्ने घोषणा गरेका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो निर्णय राष्ट्रिय हितमा लिइएको बताएका थिए । चीन र क्यानाडाबीचको सम्बन्ध २०१८ देखि खराब भएको थियो, जब क्यानाडाले अमेरिकाको प्रत्यर्पण अनुरोधमा हुवावे टेक्नोलोजीका मुख्य वित्तीय अधिकारी एवं कम्पनीका संस्थापककी छोरी मेङ वाझोउलाई पक्राउ गरेको थियो ।