पौष ५, बाँके । नेपालगञ्जमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ को २५ वर्षिय आदित्य कुमार लखेर, सोही ठाउँको ३० वर्षिय रोहित कुमार श्रीवास्तब र भारतको बहाराइच जिल्ला गंगापुर बस्ने २२ वर्षिय तिलक राम कुर्मी पक्राउ परेका बाँके जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, विशेष सुचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १० गणेशमान चोक स्थित नेपालगञ्ज कोहलपुर सडक खण्डमा खटिएको प्रहरी टोलिले ३ जनालाई शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ९ ग्राम ब्राउन सुगर फेला पारी बरामद गरेको हो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय नेपालगंज र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ गरी थप आवश्यक अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।