• २०८३ असार ९ गते मङ्गलवार

एमाले महाधिवेशनमा राप्रपा अध्यक्ष कमल थापालाई निम्तो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 

मंसिर ४, काठमाडौं । नेकपा एमालेले मंसिर १० गते चितवनमा हुने आफ्नो दशौं महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सम्बोधन गर्न निम्तो दिएको छ । एमाले अध्यक्ष केपी ओलीको तर्फबाट दिइएको निम्तो नेता राजन भट्टराईले शनिबार पार्टी केन्द्रीय कार्यालयमा भेट गरी अध्यक्ष थापालाई बुझाएका हुन ।

नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण दल एमालेको महाधिवेशनमा अध्यक्ष थापा सम्बोधनका लागि चितवन जाने कार्यक्रम रहेको राप्रपा प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस