असोज ४, स्याङ्जा । प्रहरीले स्याङ्जा पुजतलीबजार नगरपालिका(१३ बाट जुवा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेको छ । तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जनालाई आइतबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६५ रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।