• २०८३ जेष्ठ २९ गते शुक्रवार

जापानबाट भोलि अस्ट्राजेनिका खोप आइपुग्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ,३ काठमाडौं । जापानले अनुदानमा दिएको  ६ लाख डोज अस्ट्राजेनिका खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको भनाइ छ।

सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस