• २०८३ बैशाख ३१ गते बिहिवार

अध्यक्ष ओली र विप्लव समूहका नेताहरुबीच भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव)समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।

उक्त भेटवार्तामा विप्लव समूहका नेताहरुले पहिलेकै सहमति अनुसार नै अगाडि बढ्ने बताएका छन । उनीहरुले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो थियो ।

अध्यक्ष ओलीले पनि सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस