असार ६, काठमाडौँ । ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग छ ।
खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले आज खुस्बु र ज्वालाको समूहलाई छलफलका लागि बोलाएको थियो । त्यही क्रममा प्रहरीले तीनजनालाई हिरासतमा लिएको हो ।
आफूलाई अभियान्ता बताउनु संङ्ग्रौलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई पनि प्रहरी कार्यलय मै गएर अभद्र व्यवहार गरेको आरोप छ । उनले प्रहरीमाथि गालीगलौज गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको थियो । उनले प्रहरीको बर्दी खोलिदिने धम्की दिएकी थिइन् । उनीसँगै प्रहरी कार्यलय पुगेका टोलीले असई झालाई सरुवा गरेर मधेशमा पुर्याइदिने र त्यही खेति गर्न लगाउने भन्दै धम्की दिएका थिए