असार ६, काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भूकम्पबाट क्षतिग्रस्त पाशुपत क्षेत्रमा रहेको राम मन्दिरको शिलान्याश गरेका छन् । आज पशुपति विकास कोषको निरीक्षणमा गएका कोषका अध्यक्षसमेत रहेका मन्त्री अरगरिया कार्यकारी निर्देशक घनश्याम खतिवडा र सदस्य सचिव प्रदीप ढकालका साथमा पाशुपत क्षेत्रको निरिक्षणसमेत गरेका छन् ।

निरीक्षण पछि पशुपति परिसरभित्रै रहेको राम मन्दिरको धार्मिक विधिअनुसार शिलान्याश गरेका हुन । भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरू भएको छ । ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दिरको निर्माण सुरु भएको जनाएको छ ।
शिलान्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए । उनले समयमै निर्माण कार्य सम्पन्न गर्न कोषलाई निर्देशनसमेत दिए ।