असार ६, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज आइतबार समूह चरण अन्तर्गत आज समूह ए को दुई खेलहरु हुँदैछन् । एकै समयमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् ।
रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस्तै यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ ।