• २०८३ बैशाख १४ गते सोमवार

कोरोनाबाट पुर्व राज्यमन्त्रीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए।

उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस