• २०८३ बैशाख ४ गते शुक्रवार

फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रोलान्ड सालियाको पासमा एटीला फिओलाले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा फर्काए । उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।

यस बराबरीसँगै समूह ‘एफ’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । साविक विजेता समेत रहेको फ्रान्स समूहको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस