• २०८३ असार ७ गते आइतवार

स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन बराबरीमा रोकिएको छ । शनिबार राति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलको २५ औं मिनेटमा जेरार्ड मोरेनोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले कामीलको पासमा गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । यस्तै खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लाग्दै बाहिरिएको थियो ।

यससँगै समूह ‘ई’ को स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । समूहको तेस्रो स्थानमा रहेको स्पेनले २ खेलमा २ अंक जोडेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस