• २०८३ बैशाख १७ गते बिहिवार

कोरोनाले बिते एमाले नेता यादव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, धनुषा । एमाले धनुषाका नेता योगनारायण यादवको कोरोना संक्रमणबाट निधन भएको छ। मिर्गौला रोगबाट पीडित भई काठमाडौंमा उपचार गरिरहेका ५७ वर्षीय यादवको बिहीबार बिहान निधन भएको हो।

मेडीसिटी अस्पतालमा उपचाररत उनलाई १५ दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण भएपछि स्वास्थ्य थप नाजुक बनेको उनको मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भइसकेको अवस्थामा कोरोना संक्रमणका कारण निधन भएको हो । यादव २०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभा निर्वाचित सांसद हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस