• २०८३ जेष्ठ २ गते शनिवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित बिनोद फुयालको बरपिपल कोल्डस्टोर पसलभित्र तास खेलिरहेको अवस्थामा सोही नगरपालिका मुलपानी बस्ने ४० वर्षीय शरेस राई समेत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद ३४ हजार ६ सय ८० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ शान्तिपुरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय वीरसिंह राना समेत २ जनालाई नगद ४७ हजार ५४ रुपैयाँ र ५ गड्डी तास सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झलारी र गुलरियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । तास खेल्ने अन्य फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस