• २०८३ असार ३ गते बुधवार

गैंडाको खाग सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, बाँके । कोहलपुर नगरपालिका(११ चौराहबाट २ थान गैंडाको खाग सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका-५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् ।

शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खाग फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस