• २०८३ असार ५ गते शुक्रवार

घोडा बाट लडेर एक बालकको मृत्यु

खड्क सुनार पढ्न लाग्ने समय : १ मिनेट

चैत ०७ मुगु । मुगुमा घोडा बाट लडेर एक जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका वडा नं ८ सिगाडी बस्ने हस्त रावलका छोरा वर्ष १५ का राजेन्द्र रावलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुले दिएको अनुसार माथिल्लो मिलि चौर स्थित आफ्नै घोडामा चडि र घोडा चराउन गएको अवस्थामा एक्कासि घोडा तर्सिदा घोडाको काँटिको डोरीमा खुट्टा अल्झन गई १ सय ५० मिटर परसम्म लतारिन जाँदा शरीरको विभिन्न भागमा चोटपटक लागि घटना स्थलमै मृत्यु भएको प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिनु भयो । उनका अनुसार शव पोष्टमार्टमको लागि जिल्ला स्वास्थ्य कार्यालय मुगुमा ल्याई थप अनुसन्धान भई रहेको जानकारी गराए ।

मृतक बालक कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई घोडामा सवार गराई सेवा दिदै आईरहेको जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस