चैत्र ७, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नेकपा (एमाले) ले पार्टी हितविपरित काम गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीलाई खुइलाउने काम गरेको, गुटगत भेला गरेको र सरकारलाई बदनाम गर्ने काम गरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको हाे। सोहीअनुसार बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
विहान बसेको संसदीय दलको बैठकमा सहभागी हुनुभएका नेता बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुनुभएन ।
https://khabar24nepal.com/03/20/2021/66099/