• २०८३ भाद्र १ गते सोमवार

पाकिस्तानका प्रमलाई कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ७, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ । इमरान खानलाई शनिबार कोरोनाको संक्रमण पुष्टि भएको हो ।

दुई दिनअघि मात्रै कोरोनाविरुद्धको भ्याक्सिन लगाएका प्रधानमन्त्रीलाई कोरोना भएको उनका विशेष सहयोगी फैजल सुल्तानले जानकारी दिएका हुन् । कोरोनाको संक्रमण देखिएपछि उनी हाल होम आइसोलेशनमा छन् । इमरानले चिनियाँ भ्याक्सिन सिनोभ्याक र सिनोफार्मको पहिलो डोज लिएका थिए । प्रधानमन्त्रीमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका कर्मचारी र उनलाई हालै भेट गरेका व्यक्तिहरुको कोरोना परीक्षण गरिएको छ । इमरानमा कोरोनाको गम्भीर लक्षण छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस