• २०८३ बैशाख २५ गते शुक्रवार

नेकपा एमालेको संशोधित विधान पारित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको संशोधित विधान पारित गरेको छ। शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले संसदीय दलको विधान प्रस्तुत गरेको थियो।

बैठकले सोही विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिएका छन । ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७२ लाई आवश्यक र समायअनुकूल परिमार्जन गर्दै प्रस्ताव आज बसेको संसदीय दलको बैठकमा प्रस्तुत गर्‍यो। र त्यो प्रस्तावलाई करिब १० जना सासंदले संशोधनका मन्तव्य राख्नुभयो। त्यसपछि संशोधनसहित यो विधान पास भएको छ,’ बैठकपछि पत्रकारहरूसँग भट्टराईले भने।

आजै खनाल–नेपाल पक्षका ३८ सांसदले ओलीलाई असहमतिपत्र बुझाएका छन ।

https://khabar24nepal.com/03/20/2021/66093/

Sharing

प्रतिक्रिया दिनुहोस