चैत्र ०७, काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा भेटिएको दुई शव विद्यार्थीको भएको खुलेको छ । दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा शुक्रबार दिउँसो खहरेस्थित जंगलमा फेला परेको शव दुई जना विद्यार्थीको भएको पुष्टि भएको हो ।
नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भएका १८ वर्षीय मंगल तामाङको शव रहेको प्रहरीले जनाएको छ । खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा र मंगल चाँही क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान गरेको हो ।
उनीहरु दुवैजना एकआपसका साथी भएको र बाङ्गेमूढामा बस्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह कमाण्डको टोलीले घटनास्थलमा पुगेर शवको मुचुल्का गरेका हुन भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवलोकन गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनीहरु बिहीबार विहान १० बजेदेखि हराइरहेका थिए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
https://khabar24nepal.com/03/19/2021/65985/