• २०८३ बैशाख ४ गते शुक्रवार

विराटनगरको सभामा २ लाख बढी कार्यकर्ता उतार्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण ०८, मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले शनिबार विराटनगरमा सभामा २ लाख बढी कार्यकर्ता उर्ताने दाबी गरेका छ । शनिबार हुने नेकपा ओली समुहको बिशाल सभालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, नेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल लगायत दर्जन बढी नेताले कार्यक्रममा सम्बोधन गर्नें छन् ।

नेकपाका युवा नेता तथा मुल आयोजक समितिका सदस्य पर्शुराम बस्नेतका अनसार मोरङबाट ८० हजार देखि ८५ हजार सम्म, सुनसरीबाट ३० देखि ४० हजार सम्म, झापाबाट ३० देखि ४० हजार आउने अपेक्षा गरिएको छ । त्यस्तै अन्य टाढाका जिल्लाहरुबाट ५ हजार, ६ हजार कार्यकर्ता आउने नेता बस्नेतको दाबी गरे । शुक्रबार नै टाढाका जिल्लाहरु तेह्रथुम संखुवासभा, ताप्लेजुङ, भोजपुर लगायतका कार्यकर्ता आईसकेको र केही आउने क्रममा रहेको नेता बस्नेतले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस