• २०८३ असोज ५ गते सोमवार

खबर २४ नेपालको प्रभाव पुलु डिपो केन्द्रमा खाद्यान्न पुग्यो

जिल्लाका सबै डिपोमा पुग्यो चामल
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ ०७ मुगु । हिमाली जिल्ला मुगुका सबै डिपो विक्रि केन्द्रहरुमा करिब ६ महिना पछि खाद्यान्न पुगेको छ । करिब ६ महिना सम्म खाली रहेका जिल्लाका डिपो, विक्रि केन्द्रहरुमा चामल उठाउन ठेक्का पाएको शर्मा ढुवानी सेवा केन्द्रलाई खाद्य व्यवस्था तथा व्यपार कम्पनि लिमिटेड मुगुले बारम्वार ताकेता लगाए पछि जिल्लामा खाद्यान्न पुर्याएको हो ।

गत पुस महिनामा प्रकाशित खबर २४ नेपालमा, मुगुका लागि आएको चामल प्रदेश राजधानीमै गायव, दशैको मुखमा मुगुका गाउमा खाद्यान्न डिपो रित्तै लगायतका समाचार बारम्बार प्रकाशित भए पश्चात र शाखा कार्यालय गमगढी बजारलेले ताकेता लगाए पछि ६ महिना सम्म रित्तै भएको पुलु डिपो केन्द्रमा पुष महिनाको पहिलो साता भित्रै खाद्यान्न पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार बौद्ध धर्मालम्बलिहरुको महान चाड सोमान ल्होसारको पर्वलाई लक्षित गरि छिटो भन्दा छिटो खाद्यान्न पुर्याएको शाखा कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।  उनका अनुसार शाखा कार्यालय सदरमुकाम गमगढी बजार बाट पुलु डिपो केन्द्रको लागि ३५ क्विन्टल र सुर्खेत शाखा कार्यालय बाट २ सय ७० क्विन्वटल खाद्यान्न ढुवानी विस्तार गरेको उनको भनाई रहेको छ ।
अहिले पुलु डिपो केन्दमा प्रयाप्त मात्रामा खाद्यान्न रहेको छ भने त्यहाका स्थानीय लाई विगतका दिन जसो मर्कामा नपरेको कार्यालय प्रमुख अधिकारीको भनाई रहेको छ ।

त्यस्तै सोरु गाउपालिकाको सोरुकोट डिपो केन्द्रमा २ सय क्विन्टल चामल रहेको छ भने कालै विक्रि केन्द्रमा १ हजार ९० क्विन्टल खाद्यान्न मौज्दात रहेको अधिकारीको भनाई रहेको छ ।

खत्याड गाउपालिकाको रातापानीमा रहेको डिपो केन्द्रमा ६० क्विन्टल रहेको छ भने शाखा कार्यालय गमगढी बजारमा २ हजार ८ सय क्विन्टल खाद्यान्न स्टक रहेको सुचना अधिकारी पुस्कर भामले बताए ।

सहकारी मार्फत खाद्यान्न विक्रि वितरण
खाद्य व्यवस्था तथा व्यायपार कम्पनि लिमिटेड मुगुले अनुसार जिल्लाका दुई स्थान बाट पनि सहकारी मार्फत चामल विक्रि वितरण भईरहेको पनि जानकारी गराए ।

सहकारी मार्फत जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिकाको एब्लाङ कृषि सहकारी र रारा कृषि सहकारी बाट ६ प्रतिशत छुट गराई खाद्यान्न विक्रि वितरण भईएकाके उनको भनाई रहेको छ । पछिल्लो समय खाद्य संस्थानमा चामल लिन ५० देखि १ सय सम्मको हाराहारी सेवाग्राही आउने गरेको बताए । यसले गर्दा यहाका ग्राहक महानुभावहरुमा खाद्यान्न उपभोग गर्न पाएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस