• २०८३ जेष्ठ २६ गते मङ्गलवार

रोल्पा नगरपालिकाको बसपार्कमा एकजना पुरूष मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ७, रोल्पा । रोल्पाको बसपार्कमा एकजना पुरूष मृत फेला परेका छन्।

रोल्पा नगरपालिका वडा नं. ४ स्थित बस पार्क नजिकै सडक छेउमा रोल्पा नगरपालिकाकै वडा नं. १० का ३२ वर्षीय दीपक रोका आज मृत भेटिएका जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

उनी ज्याला मजदूरी काम गर्ने श्रमिक रहेको खुलेको सुवेदीले बताए । उनले अत्यधिक मदिरा सेवन पछि बसपार्कमै सुतेको हुँदा चिसोमा कठ्याङ्ग्रिएर वा लडेर मृत्यु भएको हुन सक्ने र थप अनुसन्धान भइरहेको प्रमुख सुवेदीको भनाई छ ।

Sharing

प्रतिक्रिया दिनुहोस