• २०८३ जेष्ठ ४ गते सोमवार

सर्वोच्च अदालतमा बारको धर्ना जारी, सुरक्षा व्यवस्था कडा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना जारी राखेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै बारले आज तेस्रो चरणको अन्तिम दिन आन्दोलन गरिरहेको छ । उसले आजसम्म राजीनामा दिन प्रधानन्यायाधीश राणालाई तीन दिनको अल्टिमेटम दिएको थियो । आफूहरुले भनेअनुसार राजीनामा नआए भोलिदेखि देशभरका उच्च अदालतमा पनि आन्दोलन गर्ने बारको तयारी छ । जहाँ सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

बारको आन्दोलनलाई समर्थन गरेको सर्वोच्च अदालतकै न्यायाधीशहरू आजबाट इजलासमा फर्किदै छन् । गोलाप्रथाद्वारा मुद्दाको पेसीको तोक्ने राणाले सहमति जनाएपछि न्यायाधीशहरू इजलास फर्किन तयार भएका हुन् ।

तर, बारले भने राणाको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनलाई जारी राख्ने भएको छ । पर्सा बारका पूर्व अध्यक्ष पन्नालाल गुप्ताले यो आन्दोलन अदालतमा भइरहेको विकृर्ती, विसंगती सुधारका लागि भएको बताएका छन् । सर्वोच्चमा जारी बारको धर्नालाई संवोधन गर्दै उनले यो आन्दोलनमा प्रदेश २ का सम्पूर्ण बारहरुको समर्थन रहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस