• २०८३ कार्तिक २८ गते शुक्रवार

प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस