• २०८३ असोज ५ गते सोमवार

जनमोर्चा नेता एमालेमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका कर्णाली प्रदेश अध्यक्ष भरतबहादुर शाहीलगायत नेता तथा कार्यकर्ता आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललिपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रवेश गराउनुभएको हो ।

प्रवेश गर्नेमा जनमोर्चाका दैलेख जिल्ला अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरतबहादुर रावत, सहसचिव नवीन भट्टराई, सल्लाहाकार संयोजक पूर्णबहादुर शाही र सदस्य ओम रावललगायत हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस