असोज ३, मुगु । मुगु जिल्लाको पूर्वि करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउपालिका वडा न ८ माग्री गाउमा २०५८ साल बाट स्थापना भएको च्याप्ने गाढ जलबिघुत आयोजना हाल सम्म पनि बल्न सकेको छैन । सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा नआएको हो ।

यो जलबिधुत आयोजना बाट २५किलो वाट बिघुत उत्पादन गरी साबिकको माग्री गाबिसको माग्री गाँउ, मह गाँउमा बस्र्ने ३ सय भन्दा बढी घरधुरीलाई लक्षीत पारी निमार्ण गरीएको आयोजना करोडै रहम हिनाबिना भएको छ टाठा बाठाहरुको समितिका बर्नेर मागी खाने भाडो भएको छ ।
साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्र बाट सन्चालीत यस च्याप्नेगाढ सानाजल बिधुत आयोजनाको जिम्मा पाएको राधा कन्टक्सनले ५८ लाखमा ठेक्का लिएको र ठेकेदारले मेकानिकल पाटो सामान खरीद ढुवानि खरीद आयोजना स्थल पुर्याउनु पर्न र अन्य ढुङ्गगा,माटो,नहर बनाउने मर्मत उपभोक्ता समिती बाट गर्ने गरी सन्चालन भएको यो आयोजन स्थाल धेरै नहुदाहुदै काम अटीएका प्राबिधिले प्राबिधिक हिसावले डिजाईन स्टामेट अनुसार सम्पन्न काम काज भई पावर हाउममा बत्ति बाली मह,माग्री गाउँमा बतीले झिलीमिली भई सकेको दुर्गम बिकास क्षेत्रले जिल्ला बाट प्रतिबेदन दिई सकेको कागजी रुपमा सम्पन्न काम भएको रीपोट साबिकको जिबिस अन्तर गत दुर्गम बिकास क्षेत्र बाट रीपोटमा पास भएतापनि अहीले सम्म कुनै काम नहुदा बिगतमा उपभाक्ताका अध्क्षय माग्री गाउँका राप्क्या लामाले काम नगरेको र बिघुत आयोजनाको जिम्मा पाएको राधा कन्टक्सनले कुनै काम नगरेको सामान आयोजना स्थालमा नपुराएको भ्रष्टचार गरेको भन्दै पुन आफ्नो अध्क्षयतामा नयाँ समिति गठन गरी धेरै काम भई सकेको पछिल्लो समयमा बिधुत निमार्णको लागी बिभिन्न दाताहरुको खोजी भई रहेको छ बर्तमा बिधुत समितिका अध्क्षय सोनाम लामाको भनाई रहेको छ ।
२०५८ साल बाट यस आयोजना बनाउनको लागी धेरै समिति हेरफेर भैसकेका छन । तर बिधुत निमार्ण हुन सकेको छैन्न । बिघुन निमार्णको लागी भएको खर्च २६,लाख दुर्गम बिकास कोषको,साबिकको माग्री गाबिसको ५वडा देखी ९ बडा सम्म लक्षीत कार्याक्रमको ८ लाख ९० हजार ,नेपाल जलवायू परीवता कार्याक्रम लापा को ९ लाख १० हजार,संसदबिकास कोष लगाएत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजना को २० लाख रकम गरि जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ ।
गर्त बर्ष मात्र बिधुत पावर घर मा मात्र केही दिनको लागी मात्र बत्ति बल्य गाँउमा रहेको जनताहरुले बत्ति देखेको छैनन । यता च्याप्ना गाड जल विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ्ग लामाका अनुसार आर्थिक अभावका कारण हाल सम्म विद्युत बल्न नसकेको बताए । यहाको स्थानीय सरकार मुगुम कार्मारोगं गाउपालिकाले कुनै पनि तह बाट सहयोग नगर्दा अहिले सम्म अलपत्रमा परेको जानकारी गराए ।
लामाले भने हाम्रो नजिकको सरकार स्थानीय सरकार हो , गाउपालिकाको आसमा थियौ , यो गाउपालिकाले थोरै भए पनि सहयोग गरि दिएको भए बत्ति बल्ने सम्भावना प्रवल रहेको बताउनु भएको हो । आयोजनाको नाममा आएका विद्युतका पोल , अन्य तारवारहरु अलपत्र अवस्थामा परेका छन् भने स्थानीय बासि हरु अध्यारोमा बस्न बाध्य भएका छन् । भने विद्युत नवल्दा बिशेष गरेर बालवालिकालाई पठनपाठनमा प्रभावित भएका छन् भने वृद्ध वृद्धाहरु लाई पनि झन सास्ती हुने गरेको बताईएको छ । पोलको लागि गमगगाड साना जलविद्युत आयोजना मुगुले २ वर्ष अगाडी २० लाखमा ठेक्का गरि स्थानीय ठेकेदारले ठेक्का लिएको पोलहरु आयोजना स्थलमा नपुगि अध्यक्ष लामाले बताएका छन् ।
यस माग्री गाँउका स्थानिय बासीका अनुसार पहिले अध्क्षय राप्क्यालामा हो शसस्त दवन्दको अबस्थामा माओबादीले अबरोध गरेर पछी सरेको थियो । बत्ति बाल्ने सपना अधुरो भयो प्रत्येक दशैमा बत्ति बाल्छै भन्छन आसामात्र देखाउन्छन बाटाटाढाले मागी खाने भाडो भएको छ अन्य बिभिन्न संध सस्थाले सोलर बत्ति दिर्ने थियो यही च्याप्ने जलबिधुतको कारण सघ सस्था बाट पाउने बत्ति बाट पनि बन्चि भएको गुनासो स्थानिय बासीको छ ।
सरकारले ठगेको होकी ,ठेकेदारले ठगेको हो की उपभोक्ताले ठगेको हो अहीले सम्म बत्ति बनेको छैन बत्ति बल्छ भनेर काठको पोल निकालेको हो नदि बाट आवत जावतको लागी धेरै काठे पुल लगाईयो नत बत्तिको पोल रहे नत काठे पुल रह्यो र सुरुमा बत्ति बाल्दा खेरि प्रत्येक घर बाट ५० ÷ ५० रुपैया उठाइएको काम गर्न पनि गईयो न त कामको प्रशा पायो न त बत्ति बाल्न पायो स्थानीय छिरिङ टुङडुङ लामाले बताएका छन् । आशाको मात्र भयो बत्ति बाल्ने धोका पुरा नहुने भयो माग्री गाउाका ५६ वर्षका छेवाङ्ग दोजे लामाले बताएका छन । यो च्पाप्नो गाढ साना जलबिघुत आयोजना काम सुरु भएको २० वर्ष बितिसक्दा पनि कुनै पनि काम सम्पन्न भएको छैन राज्यको लगानि बालुवामा पानि भएको छ भने सरोकार वालानिकाय , स्थानिय सरकार महुन भएका छन । आयोजना स्थाल कुनै पनि औजार उपकरण बिधुत सामाग्री कुनै पनि छैनन भएका सामनहरु पनि खिया लागेका छन् । भने अधिकांस सामाग्रीहरु पनि भग्नावेशेष अवस्थामा फालिएका छन् । ।