• २०८३ भाद्र २३ गते मङ्गलवार

कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज ३, प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ। स्वासप्रस्वासमा समस्या देखिएपछी लुम्बिनि प्रादेशिक अस्ताल बुटवलमा उपचार हुँदै आएको १०४ वर्षीय गुरुङको आइतवार बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिहले २००७ सालको प्रजातान्त्रिक आन्दोलन पछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भुमिका निर्वाह गर्दै आएको बताउनुभयो। खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउदै महामन्त्री सिंहले एक सच्चा, निडर आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अबिचलित योद्वाको रुपमा स्मरण गर्नुभयो।

‘खगुलाल जीवनभर एक सच्चा र निस्ठावान कम्युनिष्ट भएर बाँच्नुभयो,’ उहाँले भन्नुभयो,’अहिलेका कम्युनिस्टहरूले उहाँबाट धेरै कुरा सिक्न सक्छन् र सिक्नु पर्दछ ।’

वि.सं. सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल विसं २०१० मा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक संस्थापक सदस्य हुनुहुन्छ । नेपालकै सबैभन्दा जेठा कम्युनिस्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेका थिए ।खगुलाल २०१५ सालको सांसदिय चुनाबमा ८४ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट चुनाब लड्नुभएको थियो ।

त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४ मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपुर्ण भुमिका खेलेको महामन्त्री सिंहले बताउनुभयो । त्यसबखत खगुलाल प्युठान र पाल्पा जेलमा करिब डेढ बर्ष बन्दी हुनुभयो।

विसं १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरा हाल गौमुखि गाउँपालिकाको रजवारामा जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । पछिल्लो समय उहाँ नेकपा मसाल पार्टीमा आवद्ध रहनुभएको थियो । गुरुङलाई गतवर्ष लुम्बिनि प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख) बाट सम्मान गरेको थियो ।

उहाँको सोमबार प्युठानको नारीकोटमा अन्तिम दाह संस्कार गरीनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस