असोज ३, काठमाडौँ। आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ८९ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।