• २०८३ मङ्सिर ८ गते सोमवार

खेलकुद महासंघ तारकेश्वर नगर कमिटी गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ३, काठमाडौं । नेकपा एमालेको खेलकुद संबद्ध जनसंगठन नेपाल खेलकुद महासंघको काठमाडौं जिल्ला तारकेश्वर नगर भेला सम्पन्न भएको छ। तारकेश्वर नगपालिका वडा नं ११ को कान्तिपुर ए वि पार्टी प्यालेसमा सम्पन्न भेलाले ६५ सदस्यीय नगर कमिटी घोषणा गरी सपथ ग्रहण समेत गराएको छ ।

भेलामा नेकपा एमाले बागमती प्रदेशका सचिवालय सदस्य श्याम घिमिरे , काठमाडौं जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं ७ का संघीय सांसद रामवीर मानन्धर , तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोरा, उप प्रमुख भवानी डोटेल धिताल, नगर अध्यक्ष बासु गौतम समेतको उपस्थिति थियो । यस्तै नेपाल खेलकुद महासंघका तर्फबाट उपाध्यक्ष निरेशलाल सिंह, केन्द्रीय सचिवालय सदस्य एवं उपत्यका सहसचिव विवेक घिमिरे, केन्द्रीय सदस्य अमृत थापाको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य तथा काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, किसान महासंघ काठमाडौं जिल्ला अध्यक्ष बलराम धिताल लगायत बिभिन्न भातृ संगठनका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रम तारकेश्वर नगरपालिका ११ नं. वडा अध्यक्ष तथा तारकेश्वर नगर कमिटी सदस्य अमृत थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस